काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले शरणार्थी प्रकरणमा छानबिन अगाडि बढेकोमा खुशी व्यक्त गरेका छन् । ललितपुरको च्यासलमा केन्द्रीय कमिटी बैठक शुरू हुनु अघि सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले लामो समयदेखि भ्रष्टाचार नियन्त्रणको माग भए पनि अहिले आएर अनुसन्धान अगाडि बढेको भन्दै खुशी व्यक्त गरेका हुन् ।
भ्रष्टाचार नियन्त्रणका लागि म लड्दै आएको छु । अहिले बल्ल भ्रष्टाचारविरुद्धको अभियान अगाडि बढेको छ। यसमा म खुशी छु’ ओलीले भने, ‘यो प्रकरणमा जसले फिल्म देखाउँछु भनेका छन् त्यसको शुरूवात भएको छैन । यसको प्रतीक्षा छ ।’
ओलीले दोषी छुट्न नहुने र निर्दोष पर्न नहुने पनि बताए