विराटनगर । तेह्रथुमको छथर गाउँपालिका वडा नम्बर ३ पञ्चकन्यामा जंगलमा लागेको आगो निभाउन गएका आमाछोराको जलेर मृत्यु भएको छ ।
आगो निभाउन गएका ५५ वर्षीया दिलकुमारी भुजेल र छोरा १६ वर्षीय कुमारको मृत्यु भएको इलाका प्रहरी कार्यालय वसन्तपुरका प्रहरी निरीक्षक हेमराज ओलीले बताए ।
छथर गाउँपालिका वडा नम्बर ३ पञ्चकन्याको गढी सल्लेरी सामुदायिक वनमा बुधबारदेखि डढेलो लागेको थियो । आगो गाउँमा पस्न थालेपछि आमछोरा नै आगो निभाउन जंगल गएका थिए ।
आगलागीबाट ४ वटा घर जलेर नष्ट भएको प्रहरीले बतायो । वडा नम्बर ३ मा एक घर र ४ नम्बरमा थप तिन घर जलेका छन् । आगो निभाउने क्रममा ४ जना घाइते भएकोमा तीनजना उपचारपछि घर फर्किएका छन् । बाँकी एकजनाको धनकुटा अस्पतालमा उपचार भइरहेको छ । गाउँमा पसेको डढेलो नियन्त्रणमा आए पनि वनमा जारी नै रहेको प्रहरीले बताएको छ ।