काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले एकीकृत समाजवादीका सांसद राजीव गुरुङ (दीपक मनाङे) मन्त्री नबनाएर कांग्रेसकै जीतप्रकाश आलेलाई बनाउने भएका छन् ।
शुक्रबार बिहान ३ मन्त्री नियुक्त गरेर मनाङेको ठाउँमा खाली राखेर शीर्ष नेतासँग अन्तिम छलफल थालेका पाण्डेले अन्तत मन्त्री नबनाउने निश्कर्षमा पुगेको र तनहुँ–२ प्रदेश सभा २ का जीतप्रकाश आलेलाई मन्त्री बनाउने निश्चित भएको हो ।
आज आलेसहित कांग्रेसका महेन्द्रध्वज जिसी र दीपेन्द्रबहादुर थापा, माओवादी केन्द्रका रेशमबहादुर जुग्जालीले शपथ लिने भएका छन् । उनीहरूकाे शपथ आजै हुने जनाइएकाे छ ।