पोखरा । सृजना विकास केन्द्र पोखराद्वारा अन्नपूर्ण गाउँपालिका केन्द्रित बृहत् स्वास्थ्य शिविर सहित स्वास्थ्य सचेतना कार्यक्रम गरेको छ ।
२०३७ मा सामाजिक संस्थाको रुपमा स्थापित केन्द्रले शिक्षा, स्वास्थ्य, खेलकुद तथा बालबालिका तथा महिला केन्द्रित रचनात्मक कार्यक्रमहरू गर्दै आएको अध्यक्ष कृष्ण बहादुर थापाले बताए ।
वार्षिक रुपमा स्वास्थ्य सचेतना अन्तर्गत महिलाहरूका लागी महिला रोग विशेषज्ञद्वारा निःशुल्क रुपमा स्वास्थ्य परीक्षण, औषधी वितरण गरिएको कार्यक्रम शुभारम्भ अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर के.सी. ले गर्नुभएको थियो ।
आम समुदायलाई स्वास्थ्य बिमा अन्तर्गत गाउँपालिकाले पचास प्रतिशत अनुदान सहित विपन्नका लागि निःशुल्क स्वास्थ्य सेवा दिँदै आएको अध्यक्ष के.सी. ले बताए । कार्यक्रममा स्त्री रोग विशेषज्ञ डा. सृजना शर्मा, डा. तारा गुरुङ, डा. प्रतीक गैरे, डा. नीरज पौडेल, सहकार्य संस्था नयाँ पुल स्वास्थ्य क्लिनिकका प्राविधिकबाट परीक्षण स्वास्थ्य सचेतना, युसीजी,ल्याब र औषधी वितरण गरिएको थियो । शिविरमा अन्नपूर्ण गाउँपालिका, मोदी गाउँपालिकाका ३०० भन्दा बढी महिलाहरूको उपस्थित रहेको थियो ।
सृजना विकास केन्द्रका अध्यक्ष कृष्ण बहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारी, वार्ड नं. ५ का जिवनाथ पौडेल, केन्द्रका संस्थापक अध्यक्ष डम्बर बहादुर के.सी., बालगृह संयोजक सोमनाथ बराल,निवर्तमान अध्यक्ष इन्द्र पौडेल, कार्यक्रम संयोजक शान्ती शर्मा,सह प्राध्यापक राधिका रेग्मी, प्रथम उपाध्यक्ष कृष्णमान ठुसाजु, महासचिव विश्व श्रेष्ठ, कोषाध्यक्ष कृष्ण प्रसाद बराल, जाल्पा सामुदायिक लघुवित्त, गण्डकी प्रदेश प्रमुख युवराज शर्मा, अभिमान मेमोरियल मा.वि.का अध्यक्ष दान बहादुर के।सी।, नँयापुल स्वास्थ्य क्लिनिकका प्रमुख संजोग मरासिनी, द हेभन क्लब अफ नँयापुलका अध्यक्ष विजय भुर्तेल लगायतले आ आफ्नो धारणा राखेका थिए ।