धनगढी । एक साताको अवधीमा कैलालीमा दुई जना गर्भवती–सुत्केरीको ज्यान गएको छ। मृत्यु हुनेमा गौरीगंगा नगरपालिका वडा ८ कि २० वर्षीया हिरा चौधरी र सोही नगरपालिकाको वडा २ कि ३५ वर्षीया सरला तुलाधर रहेकी छन् । चौधरीको बुधबार मृत्यु भएको हो भने तुलाधरको आइतबार ज्यान गएको हो ।
उनिहरुलाई आमा सुरक्षा कार्यक्रम लागु नभएको धनगढीको एक नीजि क्षेत्रको अस्पताल निसर्ग अस्तालमा लगिएको बुझिएको छ । चौधरी सेती प्रादेशिक अस्पतालमा थप उपचारका लागि गएको भए पनि तुलाधरलाई भने निसर्गबाटै घर लगिएको थियो ।
सेती प्रादेशिक अस्पतालका डा। जगदीशचन्द्र विष्टले चौधरीलाई प्रेसरको समस्या भए पनि सामान्यढङ्गले बच्चा जन्मेको बताएयो । आमा र बच्चाको अवस्था सामान्य रहेपछि २६ गते घर पठाइएको थियो । त्यही राति पिसाव अड्किएपछि फेरि अस्पताल ल्याउदा २७ गते एक्कासी उल्टी भएपछि उनको ज्यान गएको उनले जानकारी दिए ।
चौधरीलाई सेती प्रादेशिक अस्पताल जानुअघि वैशाख २० गते निसर्ग अस्ताल लगिएको थियो। यस्तै, तुलाधरलाई मुटुको समस्या भएकाले काठमाडौ गंगालाल अस्पतालमा समेत उपचार गरिएको थियो । मुटुकै समस्याले उनको ज्यान गएको निसर्ग अस्पतालका डाक्टर मिराज अन्सारीले बताए ।
जिल्ला स्वास्थ्य कार्यालय कैलालीका फोकलपर्सन रमा गिरी गर्भवती महिलालाई कुनै समस्या आउँदा आमा सुरक्षा कार्यक्रम लागु भएको अस्पतालमा उपचारका लागि जानु पर्ने सुझाव दिइन् ।आमा सुरक्षा कार्यक्रम नभएका अस्पतालले गर्भवतीको उपचारमा संलग्न नहुनु नै राम्रो भएको फोकल पर्सन गिरीले बताईन ।