काठमाडौँ । शिक्षा मन्त्रालयले आज (जेठ १ गते)बाट विदेश पढ्न जाने विद्यार्थीका लागि अनलाइनबाटै स्वीकृति पत्र अर्थात् ‘एनओसी’ वितरण सुरु गरेको छ ।
२०७७ साल भदौ १२ गतेदेखि सेमी अनलाइन रुपमा प्रदान भइरहेको वैदेशिक अध्ययन अनुमति शाखाको सेवा प्रवाहलाई अझ सरल, सहज, प्रभावकारी र प्रविधिमैत्री बनाउनको निमित्त सेवालाई पूर्णरुपमा अनलाइन बनाउने उदेश्यले ‘एनओसी’ अनलाइनबाटै दिन सुरु गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्र्तगतको वैदेशिक अध्ययन अनुमति शाखाका प्रमुख वासुदेव वस्तीले जानकारी दिए ।
विद्यार्थीले घरबाटै अनलाइन आवेदन दिन सक्ने र वैदेशिक अध्ययन स्वीकृति पत्र डाउनलोड पनि गर्न सक्ने शाखा प्रमुख वस्तीले जानकारी दिए । आजदेखि विद्यार्थीले दिएको आवेदन शाखाले रुजु गरेर प्रदान गरेको स्वीकृतिपत्र विद्यार्थीले आफू अनुकुल स्थानबाट डाउनलोड र प्रिन्ट गर्न सुक्नेछन् ।
अनलाइन एनओसी प्रणालीको शिक्षामन्त्री अशोककुमार राईले एक औपचारीक कार्यक्रमका बिच शुभारम्भ गरेका हुन् ।यस अघि स्वीकृतिपत्र लिन भने विद्यार्थी भक्तपुर सानोठिमीस्थित शाखा कार्यालय जानुपर्ने बाध्यता थियो ।
सम्बन्धित समाचार :-
अब एनओसी पुरानै तरिकाले दिइने ?
एनओसी अनलाइनबाटै प्रिन्ट गर्न मिल्ने