काठमाडौं । सरकारले कोरोनाको जोखिमबाट बच्न कोरोना विरुद्धको खोप लगाउन आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाएका व्यक्तिको तुलनामा खोप नलगाएका व्यक्तिलाई कोरोनाको संक्रमण भएमा सिकिस्त बिरामी हुने वा मृत्यु हुने सम्भावना १० गुणले बढी हुने हुँदा खोप लगाउन आग्रह गरेको हो ।
मन्त्रालयले खोप नलाएको भए तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा सम्र्पक गरी आवश्यक अनुसार पहिलो दोस्रो र बुस्टर मात्रा खोप लगाउन आग्रह गरेको छ । हाल देशभर ११२ जना संक्रिय संक्रमित रहेका छन् ।