काठमाडौँ । भारतीय कांग्रेसको शीर्ष नेतृत्वले सिद्धारमैयालाई कर्नाटक राज्यको मुख्यमन्त्री बनाउने निर्णय गरेको छ ।
हालै भएको विधानसभा चुनावमा कांग्रेसले बहुमत ल्याएपछि मुख्यमन्त्री छान्न सकस परेको थियो ।मुख्यमन्त्री बन्ने दौडमा रहेका अर्का आकांक्षी डीके शिवकुमार उपमुख्यमन्त्री बन्ने भएका छन् ।
मुख्यमन्त्रीबारे औपचारिक निर्णय लिन बिहीवार साँझ ७ बजे कांग्रेस विधायक दलको बैठक बोलाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पार्टीका केन्द्रीय अध्यक्ष मल्लिकार्जुन खड्गेले सर्वपक्षीय छलफलपछि मुख्यमन्त्रीमा सिद्धरमैयाको नाम टुंग्याएका हुन् ।
मुख्यमन्त्रीको शपथ ग्रहण कार्यक्रम २० मई दिउँसो साढे १२ बजे बेंगलुरुमा हुने तय भएको छ।