काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा आज आगामी आर्थिक वर्षका लागि तय गरिएको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन्।
संघीय संसदको संयुक्त बैठक (प्रतिनिधि सभा र राष्ट्रिय सभा)मा बेलुका ६ बजे राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।
आगामी आर्थिक वर्ष २०८०/८१ का लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नीति तथा कार्यक्रममा समावेश गर्न विभिन्न विषयको प्रस्ताव पठाएको थियो।
मन्त्रालयले पठाएको प्रस्तावमा प्रधानमन्त्री कार्यालयले धेरै नै संशोधन गरिएको बताइएको छ। अर्थतन्त्रमा परेको असरका कारण धेरै प्रस्ताव संशोधन गरिएको छ। यसपटक केही नयाँ र धेरैजसो यसअघिकै ठूला र रणनीतिक महत्वका विषयलाई प्राथमिकता दिइएको बताइएको छ।