काठमाडौं । नेपाली कांग्रेसले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्न आज बस्ने संसदको संयुक्त बैठकमा उपस्थित हुन आफ्ना पार्टीका सांसदहरुलाई ह्वीप जारी गरेको छ ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले ह्वीप लगाएका हुन् । अपराह्न ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
सरकारको नीति तथा कार्यक्रम अनुमोदन गर्न अहिले सिंहदरबारमा मन्त्रिपरिषदको बैठक बसिरहेको छ ।