काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको कोशी प्रदेश समितिको बैठकले प्रदेश सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ ।
सुनसरीको इटहरीमा आज सम्पन्न बैठकले प्रदेश सरकारमा सहभागी स्वास्थ्य मन्त्री निर्मला लिम्बूलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
जसपाले सरकारबाट फिर्ता आउने विषयमा गरेको निर्णबारे आजै पत्रकार सम्मेलनमार्फत जानकारी दिने बताएको छ ।
एमाले नेता हिक्मत कार्कीको नेतृत्वमा रहेको प्रदेश सरकारमा जसपाका एक सांसद रहेकी छन् । एक सांसदको रुपमा रहेकी लिम्बू प्रदेश सरकारमा स्वास्थ्यमन्त्री रहेकी थिइन् ।