काठमाडौँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले बिहीबार भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेलवे सेवाको उद्घाटन गरेका छन् ।
बिहीबार दिल्लीबाट दुई देशका प्रधानमन्त्रीले झण्डा देखाएर रलवे र कार्गो रेल उद्घाटन गरेका हुन् । प्रचण्ड र मोदीले झण्डा देखाएपछि बथनाहाबाट भारतीय पक्षले कार्गो रेललाई बिदाइ गर्ने र बुधनगरमा नेपाली पक्षले स्वागत गर्नेछ।
विराटनगरको एकीकृत भन्सार जाँच चौकी (आईसीपी) सम्म आइपुग्ने मालवाहक रेलले आरती स्ट्रिप्स, स्वस्तिक रोलिङ, हुलास वायर र प्रिमियर स्टिल उद्योगको कच्चा सामग्री ल्याउनेछ ।
भारतको बथनाहाबाट विराटनगरको आईसीपी रेलवे स्टेसनसम्म बिछ्याइएको ८ किलोमिटर रेलमार्गमा २०७५ कात्तिक ८ गते रेल सञ्चालनका लागि परीक्षण भएको थियो। उद्घाटन गर्ने भएपछि बुधबार पनि परीक्षण गरिएको थियो ।
यस्तै नेपालगञ्ज सुख्खा बन्दरगाहको पनि उद्घाटन गरिएको छ । बाँकेमा भारत सरकारको सहयोगमा निर्माण गरिएको व्यापार पूर्वाधारको बिहीबार नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
दुई देशका प्रधानमन्त्रीले दिल्लीबाट उद्घाटनको घोषणा गरे पछि भारततर्फबाट नेपाल आएका कन्टेनर नेपाली सुख्खा बन्खाबन्दरगाह प्रवेश गरेका थिए ।