पाल्पा । पाल्पामा जिप दुर्घटना हुँदा तीनजनाको ज्यान गएको छ । रैनादेवी छहरा गाउँपालिका–८ सत्यवतीमा आज आइतबार बेलुकी जिप दुर्घटना भएको हो ।
दुर्घटनामा अन्य ११ जना घाइते भएका छन् । दुर्घटनामा ज्यान गुमाउनेमा दुई महिला र एक पुरुष रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनीहरूको पहिचान खुलिसकेको छैन ।
प्रहरीका अनुसार सालझण्डीबाट अर्घाखाँचीका लागि छुटेको लु १ च ९०२४ नम्बरको जिप सडकबाट तल खसेको हो ।
घाइतेहरूलाई उद्धार गरी उपचारका लागि रुपन्देहीमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।