काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ४६ जना प्रहरी निरीक्षकलाई नायव उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस गरेको छ । सोमबार बसेको बढुवासमितिको बैंठकले उनीहरूको बढुवा सिफारिस गरेको हो ।
बढुवा हुनेहरूमा रन्जन अवा, कमल बेल्वासेसहित ४६ जना छन् । उनीहरू २०७० सालका प्रहरी निरीक्षकमा भर्ना भएका हुन् ।
सो समूहमा १ सय ४५ जना थिए ।ठूलो समूह हुँदा प्रहरी प्रधान कार्यालयलाई बढुवामा सकस परेको थियो ।



