धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०८०-८१ को वार्षिक नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत हुने भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले तयार पारेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गर्ने ।
प्रदेश प्रमुखले अपराह्न ४ बजे प्रदेश सभामा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तय भएको सभामुख भीमबहादुर भण्डारीले जानकारी दिए ।
प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रम बजेटको सिद्धान्त र प्राथमिकतालाई पूरा गर्ने गरी आउने बुझिएको छ । सदनमा प्रस्तुत हुने नीति तथा कार्यक्रमका आधारमा प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गर्नेछ ।