धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
प्रदेश प्रमुख देवराज जोशीले बुधबार प्रदेश सभामा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रदेश सरकारले कृर्षिलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम ल्याएको छ ।
जसअनुसार प्रदेश सरकारले व्यावसायिक कृषि गर्ने कृषकलाई शून्य ब्याजदरमा ऋण उपलब्ध गराउने छ । प्रदेशको राजधानी निर्धारण भएको ठाउँ अत्तरियामा चिडियाखाना निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
प्रदेश सरकारले थारु जातिको बरघर प्रथालाई संरक्षण र प्रवर्द्धन गर्ने नीति तथा कार्यक्रममा समावेश गरेको छ । यस्तै प्रदेश सरकारले आमनागरिकका गुनासो सुन्न हल्लो सीएम कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।