दाङ । लुम्बिनी प्रदेश सरकारले शुक्रबार आगामी आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम ल्याएको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेका छन् ।५१ पेज लामो नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । कृषि क्षेत्रको व्यवसायीकरण गर्दै स्थानीय उत्पादनका सामाग्रीको ब्राण्डिङ्ग गर्दै साना प्रशोधन उद्योग स्थापना गरेर स्थानीयस्तरमा रोजगारी सृजना लगायतको बिषयलाई प्राथमिकता दिइएको छ ।
प्रदेशबासीको आवश्यकता बमोजिम सीप तथा क्षमता विकास, रोजगारी सिर्जना, आयआर्जन बृद्धि गर्दै जीवनस्तरमा दिगो सुधार एवम् उत्पादन र उत्पादकत्व बृद्धिको माध्यमबाट आत्मनिर्भर, समृद्ध र समुन्नत प्रदेश बनाउन रणनीति प्राथमिकमा केन्द्रित हुनेगरी कार्यक्रम चलाइने भएको छ ।