ताप्लेजुङ । ताप्लेजुङको पूर्वीको क्षेत्र सिदिङवा र सिरिजंगा गाउँपालिकामा तिन दिन देखि परेको वर्षापछि काबेली खोलामा आएको बाढीले पुल,घरमा क्षति पुर्याएको छ।
बुधबार देखि परेको वर्षाले मोटरेवल पुल, झोलुङगेपुल भत्काएको छ भने घरसहित पशु चौपाया समेत बगाएको सिदिङवा गाउँपालिका १ सुरुमखिमका वडा सदस्य राजकुमार इम्वुङले बताए। इम्बुङका अनुसार सुरुमखिम – खेवाङ – याम्फुदिन जोड्ने तावा खोलाको मोटरेवल पुल भत्काएको छ।
कावेली नदीमा आएको बाढीले जगत बहादुर राईको घर पुरेको छभने कञ्चनजङ्घा माध्यमिक विद्यालय, याम्फुदिन प्रहरी चौकी कञ्चनजङ्घा संरक्षण क्षेत्र, स्वास्थ्य चौकीको भवन जोखिममा छन्।
विद्यालय र प्रहरी चौकीको नजिकै खोलाले कटान गरिरहेकोले बिहान स्थानीयले विद्यालयको सामान सारिरहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का सदस्य सचिव मनकुमार राईले बताए।
तारामान गुरुङ, अशोक गुरुङ, मणी कुमार राई, तार्सदिप गुरुङ, रामकुमार राई, सोमबहादुर राईका घर जोखिममा रहेको स्थानीयले बताएका छन्। बिहीबार बेलुका यो क्षेत्रमा सामान्य वर्षा भएपनि राति १० बजेको समयमा खोलामा आएको बाढीले क्षति पुर्याएको राई बताए। कावेली हाइड्रो पावरको गोदाम बगाउँदा करोडौँ रुपैंया बराबरको क्षति भएको छ ।