धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि २९ अर्व २६ करोड ५९ लाख रुपैया बजेट सार्वजनिक गरेको छ।
आर्थिक मामिलामन्त्री नरेश कुमार शाहीले २९ अर्व २६ करोड ५९ लाख रुपैयाको बजेट सार्वजनिक गरेका हुन् ।
प्रदेशमा चालू तर्फ ९ अर्ब ५९ करोड ६० लाख २ हजार (३२.७९ प्रतिशत) र पुँजीगततर्फ १७ अर्ब २ करोड २३ लाख ६० हजार (५८.१६ प्रतिशत) बजेट आएको छ ।
यसअघि आर्थिक वर्ष २०७९/८० मा प्रदेश सरकारको बजेट ३६ अर्व ७४ करोड रुपैया रहेको थियो ।