काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)को अध्यक्षमा राजु निरौला निर्वाचित भएका छन् ।शनिबार सम्पन्न निर्वाचनमा निरौला निर्वाचित भएका हुन् । नयाँ नेतृत्व चयनका लागि दुई जनाले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका थिए ।
उम्मेदवारी घोषणा गर्नेमा वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष प्रज्वल बस्नेत र महासचिव राजु निरौला थिए । बस्नेतलाई पराजित गर्दै निरौला फेकनको अध्यक्षमा निर्वाचित भएका हुन् ।
संघको उपाध्यक्षमा उमेश कुश्वार, अमित बाबु ढुङ्गाना, दीपक सिलवाल निर्वाचित भएका छन् । महासचिवमा छविन्द्र ओझा, सचिवमा इन्द्रजित गौतम र पृथ्वीबहादुर चन्द निर्वाचित भएका छन् । कोषाध्यक्षमा दीपेन्द्र पोखरेल, सहकोषध्यक्षमा गौतम पुडासैनी निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यमा राजकुमार ढकाल, मञ्जु लामिछाने, रोशन खरेल, एलिजा उप्रेती, सञ्जय बस्नेत, खगेन्द्र श्रेष्ठ, महेश हमाल निर्वाचित भएका छन् ।