काठमाडौँ । लोक देउडा गायक जेआर भट्टले 'मेरी इजु' को नयाँ भर्सन सार्वजनिक गरेका छन् । केही महिना सार्वजनिक गरिएको 'मेरी इजु' लाई दर्शकले रुचाइदिएपछि नयाँ भर्सन ल्याएका हुन् ।
पराई घर पुगेकी छोरीलाई पतिले दिएको यातना र पीडाका कथालाई गीतको भिडियोमा समेटिएको छ । जेआरकै शब्द र स्वर रहेको गीतमा गायिका भावना भट्टले पनि आवाज दिएकी छन् । नयाँ भर्सनमा भूमिराज थापाको एरेन्ज, शेरबहादुर बोहराको मिक्सिङ, पुष्प भट्टको छायांकन, विष्णु खड्काको सम्पादन समावेश छ ।
जेआरकै निर्देशनमा बनेको गीतमा उनीसहित हरिस चन्द, ज्योति पाण्डे, गायत्री भट्ट, नरेश जोशी, दीपक भट्ट, दीपक जोशीलगायतको अभिनय छ ।