काठमाडौँ । अन्ततः नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम सरकारमा सहभागी हुने भएको छ ।नाउपा एक मन्त्री र राज्यमन्त्रीसहित सरकारमा सहभागी हुन लागेको हो । यसअघि मन्त्रालय भागबन्डामा चित्त नबुझाउँदा नाउपा सरकारमा सहभागी भएको थिए ।
‘भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालयको टुंगो लागेको छ । त्यस्तै एउटा राज्यमन्त्री दिने सहमति भएको छ,’ पार्टी प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले भने । उनका अनुसार राज्यमन्त्रीको टुंगो पनि आजै लाग्नेछ ।
नाउपाका नेताहरूले जानकारी दिएअनुसार रामेश्वर चौधरीलाई कृषि तथा सहकारी मन्त्री र सचेतक कैलाश चौधरीलाई राज्यमन्त्री बनाउने तयारी गरेको छ ।