काठमाडौँ । लघुवित्त पीडितहरूले काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन् ।संसद् भवन घेराउ गर्नका लागि उनीहरू प्रदर्शन गर्दै नयाँ बानेश्वर पुगेका हुन् ।
उनीहरूले नव सामन्तीको रुपमा स्थापित लघु वित्तीय संस्थाहरू खारेज गर, सामूहिक ऋण मिनाहा गर, आम गरिब किसानहरूलाई निःशुल्क ऋण प्रदान गर, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर, जनवादी अर्थतन्त्रको विकास गर लगायतका नारा लगाएका थिए ।