डडेल्धुरा । डडेल्धुराको रडुवामा सडकमाथिबाट खसेको ढुंगाले टाउकोमा लाग्दा मोटरसाइकल पछाडि सवार एक जनाको मृत्यु भएको छ ।
गन्यापधुरा गाउँपालिका–२ रडुवास्थित पहिरो गएको ठाउँमा सडकमाथिबाट खसेको ढुंगा लागेर डडेल्धुराकै अमरगढी नगरपालिका–४ का १८ वर्षीय राकेश ऐरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
डडेल्धुराका निमित्त प्रमुख प्रहरी निरीक्षक कुसुम नायकका अनुसार दिपायलबाट डडेल्धुरातर्फ आउँदै गरेको म.१ प.८८३० नम्बरकोे मोटरसाईकल पछाडि सवार ऐरको टाउकोमा शनिबार माथिबाट खसेको ढुंगा लागेका थियो ।
टाउकोमा चोट लागेर गम्भीर घाईते भएका उनलाई डडेल्धुरा अस्पतालले धनगढीस्थित निसर्ग अस्पतालमा रेफर गरेपनि आईतबार बिहान मृत्यु हो । मोटरसाइकल चालक डडेल्धुरा अमरगढी नगरपालिका–४ का ३५ वर्षीय नरेन्द्र पनेरु सकुशल रहेको प्रहरी निरीक्षक नायकले बताए ।