काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल ( फेकन ) को लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुवर चयन भएका छन् ।
शनिबार नेपालगन्जमा भएको प्रथम साधारणसभाबाट कुवर अध्यक्षमा चयन भएका हुन् । यस्तै फेकन लुम्बिनीको आईपिपिमा कुलदिप शर्मा ,उपाध्यक्षमा ओम प्रकाश रिजाल, सचिवमा छवि गिरी,कोषाध्यक्षमा सुमन शर्मा चयन भएका छन् ।
यस्तै सदस्यमा रोनिश गौतम,अभिषेक क्षेत्री,बिनोद बास्तोला र मान सिं ओली चयन भएका हुन् ।