काठमाडौँ । काठमाडौँको दरबारमार्गमा रहेको ‘बिइङ ह्युमन क्लोथिङ नेपाल’ले २० देखि ५० प्रतिशत सम्मको छुट दिने कार्यक्रम समावेश गरिएको छ ।
बलिउड सेलिब्रेटी सलमान खानले सञ्चालन गरिरहेको ‘बिइङ ह्युमन’ नेपाली फेसन पारखीहरूका लागि निकै लोकप्रिय बनिरहेका बेला ‘बिइङ ह्युमन क्लोथिङ नेपाल’ले आफ्ना ग्राहकहरुलाई मध्यनजर गर्दै २० देखि ५० प्रतिशत सम्मको छुट दिने कार्यक्रम समावेश गरेको हो ।
बिइङ ह्युमन एउटा क्लोथिङ मात्रै नभएर फाउण्डेशनका रुपमा सक्रिय रहेको बिइङ ह्युमन क्लोथिङ नेपालका निर्देशक एवं सञ्चालक सुदिपचन्द्र बख्रेलले बताए । उनका अनुसार अहिले बिइङ ह्युमन सुपर सेल मार्फत सो छुटको व्यवस्था मिलाएको र २० हजार भन्दा माथी खर्च गरेपछि नि:शुल्क बिइङ ह्युमन झोला ग्राहकले प्राप्त गर्न सक्नेछन् ।
यस्तै ‘बिइङ ह्युमन क्लोथिङ नेपाल’ले नेपाल भरका खाँचोमा परेका बालबालिकालाई आफ्नो नाफाको १० प्रतिशत लगानी बालबालिकाको शिक्षामा खर्च गर्ने जनाएको छ ।सलमानले आफ्नो ९० प्रतिशत आयात नै च्यारिटीमा लगाउने गरेको र बिइङ ह्युमन नेपालले पनि त्यही शैलीलाई अपनाउने गरेको छ ।
यो ब्राण्ड सन् २०१४ मा राइजिङ मलमा स्थापित भएको थियो। हाल बिइङ ह्युमन क्लोथिङ इण्डियामा सलमान खान मालिक छन्, पहिला उनी त्यहाँका ब्राण्ड एम्बास्डर थिए।