काठमाडौं । एसिया कपको सुपर फोरमा भारत र पाकिस्तानको बाँकी खेल भोलि हुने भएको छ । कोलम्बोमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले २४.१ ओभरमा २ विकेट गुमाएर १४७ रन बनाउँदा पानी परेको थियो ।
निरन्तर पानी परेपछि खेल हुन सकेन र बाँकी खेल भोलि रिजर्ब डेमा हुने भएको छ । भोलि स्थानीय समयअनुसार २ः३० मा खेल सुरु हुनेछ । खेल सुरु हुँदा केएल राहुल १७ र विराट कोहली ८ रनबाट खेल थाल्नेछन् ।