काठमाडौँ । एशिया कप अन्तर्गत सुपर फोर अन्तर्गतको भारत र पाकिस्तानबीचको बर्षाले रोकिएको खेल आज हुदैछ ।श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा आइतबार निरन्तर वर्षा भएपछि २४.१ ओभर मात्र खेल भएर रोकिएको थियो ।
यस खेलमा रिजर्भ डे राखिएकोले अब बाँकी खेल आज हुने भएको छ । आज आइतबार रोकिएको खेलबाट नै खेलले निरन्तरता पाउने छ ।
यस खेलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको भारतले २४.१ ओभरमा २ विकेट गुमाउदै १४७ रन बनाएपछि खेल रोकिएको थियो ।
भारतका लागि अहिले केएल राहुल १७ र विराट कोहली ८ रन बनाएर खेलिरहेका छन् । यस अघि भारतका कप्तान रोहित शर्माले ५६ र शुभमन गीलले ५८ रन बनाएर आउट भएका थिए । त्यस्तै पाकिस्तानका बलर शाहिन शाह अफ्रिदी र शडाब खानले एक एक विकेट लिएका थिए ।