काठमाडौँ । नेकपा एमाले संविधान दिवसमा राष्ट्रिय झन्डासहित प्रदर्शन गर्ने गर्ने भएको छ । आठौँ संविधान दिवसलाई उत्सवका रूपमा मनाउनको लागि ३ असोजलाई उत्सवका रूपमा मनाउने गरी एमालेले काठमाडौंलगायत सबै जिल्लामा राष्ट्रिय झन्डासहितको प्रदर्शन गर्ने तयारी गरेको छ ।
एमालेले संविधान दिवसलाई उत्सवका रूपमा मनाउन पार्टीका प्रदेश र जिल्ला कमिटीलाई निर्देशन पठाएको केन्द्रीय कार्यालय सचिव डा। भीष्म अधिकारीले जानकारी दिए ।
काठमाडौंमा भने चक्रपथस्थित नारायणचौरमा अध्यक्ष केपी ओलीको उपस्थितिमा संविधान दिवसलाई उत्सवका रूपमा मनाइने उनले बताए । उत्सव मनाउनका लागि राष्ट्रिय झन्डासहित सहभागी हुन एमालेले कार्यकर्ता पंक्तिलाई आह्वान गरेको छ ।
सो दिन सबैतिर राष्ट्रिय झन्डासहित पदयात्रा गर्न, देशभक्तिपूर्ण राष्ट्रिय गीत बजाउन एमालेको निर्देशन गरेको छ ।