काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा तत्कालीन संविधासभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर आज घरमा लगिने भएको छ । हिजोदेखि पार्टी मुख्यालय, च्यासल ललितपुरमा राखिएको पार्थिव शरीर आज दिउँसो १ बजे पछि बालुवाटारस्थित घरमा लगिने जनाइएको हो ।
पार्थिव शरीर घरमा लगेर मुन्धुम संस्कृति अनुसार अन्तिम श्रद्धाञ्जली दिइने एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।घरमा लगेपछि किरात संस्कृति अनुसार गर्नुपर्ने कार्य गरिए पछि भोलि बिहान ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने एमालेले जनाएको छ ।
नेम्वाङको सोमबार बिहान १ बजे निधन भएको थियो ।सरकारले स्वर्गीय नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । यस्तै सरकारले बिहीबार सार्वजनिक बिदा समेत दिएको छ ।