दाङ । लुम्बिनीको चालु अधिवेशन अन्त्य भएको छ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले चालु अधिवेशन अन्त्य गरेका हुन् । मंगलबार राती १२ बजेबाट लागु हुनेगरी चालु अधिवेशन अन्त्य गरेका हुन् ।
मंगलबार बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष अनुरोध गर्ने निर्णय गरेको थियो ।प्रदेश प्रमुख शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम भदौ २६ गते राती १२ बजेदेखी चालु अधिवेशन अन्त्य गर्नु भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए।
यस्तै लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम ३ को उपनियम (३) बमोजिम प्रदेश सभा सदस्यहरुलाई जानकारी गराइएको जनाएको छ ।