काठमाडौँ । सुपर-४ मा श्रीलंकालाई हराउँदै भारत एसिया कपको फाइनलमा पुगेको छ । मंगलबार कोलम्बोको प्रेमदासा रंगशालामा श्रीलंकालाई ४१ रनले हराउँदै भारत प्रतियोगिताको फाइनल प्रवेश गरेको हो ।
२१४ रनको सहज लक्ष्य पछ्याएको श्रीलंकाले ४१.३ ओभरमा अलआउट हुँदै मात्र १७२ रन बनाउन सक्यो । एसिया कपको सुपर-४ मा श्रीलंकालाई हराउँदै भारत फाइनल प्रवेश गरेपछि बंगलादेश प्रतियोगिताबाट बाहिरिएको छ ।
अब पाकिस्तान र श्रीलंकाको सम्भावना रहेको छ । सुपर-४ अन्तर्गत बिहीबार पाकिस्तान र श्रीलंकाको खेल हुँदैछ भने शुक्रबार भारतले बंगलादेशसँग खेल्दैछ ।