काठमाडौँ । अर्थ मन्त्रालय अन्तर्गतका ५५ उपसचिवको सरुवा भएको छ ।मन्त्रालयले आन्तरिक राजश्व विभागसहितका ५५ उपसचिवको सरुवा गरेको प्रवक्ता धनीराम शर्माले जानकारी दिए ।
उनका अनुसार सरुवा हुनेमा ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजश्व कार्यालय मातहतका निकायमा कार्यरत उपसचिवहरू रहेका छन् ।