काठमाडौं । प्रतिनिधिसभाको बैठकले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख, प्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकले स्वर्गीेय नेम्वाङको निधनको शोक प्रस्ताव गरेको हो । नेम्वाङको सम्मानमा एक मिनेट उठेर मौन धारणसमेत गरिएको थियो । शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ ।
पूर्वसभामुख नेम्वाङको ७१ वर्षको उमेरमा मंगलबार बिहान ३ बजे निधन भएको थियो । नेम्वाङको बिहीबार दिउँसो पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।