डडेल्धुरा । राष्ट्रिय जनमोर्चा डडेल्धुराको शनिवार सम्पन्न भेलाले नयाँ कार्य समिति चयन गरेको छ ।
"राष्ट्रियता, गणतन्त्र र धर्मनिर्पेक्षताको रक्षा गरौँ । बैदेशिक हस्तक्षेपको विरोध तथा संघियता खारेज गरौँ ।" भन्ने नाराका साथ सुरू भएको राष्ट्रिय जनमोर्चा डडेल्धुराको दोस्रो भेला जिल्ला अध्यक्ष चन्द्रदेव विकको अध्यक्षता र केन्द्रिय सचिवालय सदस्य नन्दराज भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भेलाले चन्द्रदेवको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समति र तीन सदसीय सल्लाहाकार सचिति चयन गरिएको राष्ट्रिय जनमोर्चाका सचिव टंक अवस्थीले बताए ।
समितिको उपाध्यक्षमा रामचन्द्र धिक्त, सचिवमा टंक अवस्थी, कोषाध्यक्षमा रगुविर कामी सह सचिवमा हरिष बि क. त्यस्तै सदस्यहरूमा जोगराज ऐर, कमला अवस्थी, पवन विष्ट, कर्म जोशी, गणेश ऐर, हरिदत्त भट्ट निर्वचित भएका छन् । तीन सदस्यीय सल्लाहाकार समितिमा संयोजकमा उद्व सिह ऐर, सदस्यमा मान बहादुर ऐर, वेलु विक रहेका छन् ।
कार्यक्रममा अखिल छैठौँका केन्द्रिय कोषाध्यक्ष हेमराज भट्ट, अखिल नेपाल शिक्षक संगठनका चेत साउँद राजमो प्रदेश सदस्य उद्व सिह ऐर लगायतको उपस्थिति थियो ।