काठमाडौँ । चिकित्सकको कुटपिटपछि आन्दोलनरत चिकित्सक र सरकारबीच ६ बुँदे सहमति भएको छ। आइतबार स्वास्थ्य मन्त्रालयमा सरकार र चिकित्सक संघबीच भएको वार्तामा दोषीलाई स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी ऐनअनुसार कारबाही गर्नेसहित ६ बुँदे सहमति भएको हो।
हेटौंडास्थित सञ्चो अस्पतालमा कार्यरत चिकित्सकमाथि मृतकका आफन्तले हातपात गरेका थिए। त्यसपछि चिकित्सकहरु आन्दोलनमा उत्रिएका थिए। आइतबार देशभर आकस्मिकबाहेकका सबै सेवा बन्द गरेर चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि सरकारले वार्ता गरेको हो।