काठमाडौँ । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकहरुबीच ६ बुँदे सहमति भएको छ । शुक्रवार गृह मन्त्रालयमा छलफलपछि सरकार र शिक्षकबीच ६ बुँदे सहमति भएको हो ।
शिक्षकका मागलाई संसदबाटै पूरा गर्ने गरी सहमति भएको हो ।सहमति भएसँगै आन्दोलनरत शिक्षकहरुले शनिबारदेखि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिने सहमति पनि भएको छ ।