पाल्पा । पाल्पामा थप एक जनाको डेङ्गी सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा माथागढी –१, चिदीपानीका ३५ वर्षका युवक रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
डेङ्गी सङ्क्रमण भइ उपचारको क्रममा तानसेनस्थित मिसन अस्पतालमा ती पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन मधुसूदन भट्टराईले जानकारी दिए ।
पाल्पामा यसअघि तानसेन –६, की ६९ वर्षकी महिला र स्याङ्जा वालिङका एक जना ११ महिनाकी बालिकाको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी टीकाराम अधिकारीले जानकारी दिए। पाल्पामा यो वर्ष हालसम्म २६८ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ ।