काठमाडौँ । नेपाल प्रहरीमा कार्यरत दुई डाक्टर कार्यालयमा गैरहाजिर भइ लामो समयदेखि सम्पर्कविहीन भएका छन् । गृह मन्त्रालयले बुधबार सूचना जारी गर्दै हाजिर हुन आउन सात दिने सूचना निकालेको छ ।
डा केशव श्रेष्ठ र डा बालकृष्ण ज्ञवालीलाई सात दिन भित्र गैरहाजिर हुनुको स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुन मन्त्रालयले सूचित गरेको छ । अन्यथा प्रहरी नियमावलीअनुसार कारबाही हुने सूचनामा स्पष्ट गरिएको छ ।