काठमाडौँ । नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटी अध्यक्षमा प्रेमप्रसाद पराजुली सर्वसम्मत चयन भएका छन् । आकांक्षी चन्द्र रिजालले उम्मेदवारी फिर्ता लिएपछि पराजुली सर्वसम्मत चयन भएका हुन् ।
१९ गतेदेखि चलेको गैरभौगोलिक उपत्यका विशेष प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि अध्यक्षमा पराजुली र रिजालले उम्मेदवारी दर्ता गरेका थिए ।
यस्तै, उपाध्यक्षमा विदुर कार्की सर्वसम्मत भएका छन् । सचिवमा मिलन धरेल, उपसचिवमा जितेन्द्र श्रेष्ठ, उर्मिला सुनुवार सर्वसम्मत भएका निर्वाचन समितिले जनाएको छ ।
एमालेमा भूगोल तर्फ ७ र गैरभूगोलतर्फ १ गरी ८ वटा प्रदेश कमिटी रहेका छन् । अहिलेसम्म ६ वटा प्रदेश कमिटीको अधिवेशन भइसकेको छ । सुदूरपश्चिम प्रदेश अधिवेशन आजबाट सुरु हुँदै छ ।