जनकपुरधाम । एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले रहनै नहुने सरकार रहेको बताएका छन्।बुधबार एमाले मधेस प्रदेश अधिवेशनमा सहभागी हुन आएका ओलीले यो सरकार पूर्ण रुपले असफल भएको बताए।
जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले इजरायलमा भएको घटनाको निन्दा गर्दै त्यहाँ रहेका नेपालीहरुको उद्धारमा सरकारलाई तदारुकता देखाउन आग्र गरे।
उनले सरकारले घाइतेहरुको उपचार तथा मृतक परिवारलाई क्षतिपूर्तिमा समेत तदारुकता देखाउन आग्रह गरे। कोसी प्रदेशमा मध्यावधि चुनाव हुने प्रश्नमा उनले दुई तीन दिन रुक्न आग्रह गरे।