धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सबै पदाधिकारी सर्वसम्मत भएका छन् । अध्यक्षमा अछामका कृष्णप्रसाद जैशी, उपाध्यक्षमा बाजुराका कालीबहादुर शाही, सचिवमा कैलालीका रणबहादुर चन्द उपसचिवमा कञ्चनपुरका नरबहादुर बिक र कैलालीकी भागरथी विष्ट सर्वसम्मत भएका हुन् ।
उपाध्यक्षमा शाही हिजो नै सर्वसम्मत भए पनि अन्य पदमा भने आज सहमति भएको हो ।अध्यक्षमा भरत साउदले उम्मेदवारी फिर्ता लिँदा जैशी सर्वसम्मत भएका हुन् भने महिला उपसचिवमा कन्दकला रानाले उम्मेदवारी फिर्ता लिएपछि बिस्ट सर्वसम्मत भएकी हुन ।
सुदूरपश्चिममा एमालेका सबै पदाधिकारी सर्वसम्मतघि आजै सचिवमा रतन रेग्मी फिर्ता लिँदा चन्द र अशोक चन्द फिर्ता लिँदा बिक सर्वसम्मत भएका हुन् ।