काठमाडौँ । नेपाल विद्यार्थी सङ्घले स्वेच्छाचारी ढंगबाट हवाईभाडा बढाएकोप्रति आपत्ति जनाएको छ । चाडपर्वको मौका छोपेर हवाई भाडामा मनपरीढंगबाट बृद्धि गरिएको प्रति नेविसंघले आपत्ति जनाएको हो ।
उक्त कार्य नियन्त्रणमा लिएर यात्रुहरूलाई सहज र सर्वसुलभ तरिकाले हवाई यात्रा गर्ने वातावरण बनाउन सरकारसँग माग गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै हवाई टिकटको मूल्य नियन्त्रण गर्न माग गरेको छ ।
अध्यक्ष दुजाङ शेर्पाले मन्त्री सुदन किरातीलाई भेटेर ज्ञापनपत्र बुझाउँदै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा स्वेच्छाचारी ढंगले हवाई टिकट मूल्य निर्धारण गरिएको भन्दै त्यसलाई नियन्त्रण गर्न भनेका हुन् ।तत्काल उक्त जनता विरोधी कार्यको अनुगमन गर्दै सूक्ष्म निगरानी समेत गर्न नेविसंघले माग गरेको छ ।