काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औँ विश्व सम्मेलन मंगलबारदेखि राजधानीमा सुरु भएको छ । राजधानीको होटल सोल्टीमा सम्मेलनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका हुन् ।
सम्मेलनमा परराष्ट्रमन्त्री एनपी साउदसहितका सरकारी अधिकारी, सांसदहरु, कूटनीतिक नियोगका कात्तिक ३ सम्म चल्ने सम्मेलनको समापन भने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने कार्यक्रम छ ।
सम्मेलनकै दौरानमा असोज ३० र कात्तिक १ गते विश्व ज्ञान सम्मेलन, युवा सम्मेलन र महिला सम्मेलन, वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा कोष एवं नागरिकता ऐन तथा मताधिकार सम्बन्धमा विशेष सत्रको आयोजना गरिनेछ ।
एनआरएनएको अध्यक्ष पदका लागि चारले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षद्वय बद्री केसी र रविना थापा तथा उपाध्यक्षद्वय महेश श्रेष्ठ र आरके शर्माले अध्यक्षमा उम्मेदवारी मनोनयन गराएका हुन् । महाधिवेशनमा कूल ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीका लागि निर्वाचन हुनेछ ।