काठमाडौँ । चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको हृदयघातका कारण निधन भएको छ । सांघाइमा रहेका उनलाई गएराति अचानक हृदयघात भएको चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले जनाएको छ । उनी केही समयदेखि सांघाइमा बस्दै आएका थिए।उपचारका सबै उपायहरू असफल भएपछि स्थानीय समय अनुसार गए राति १२ बजेर १० मिनेटमा उनलाई मृत घोषणा गरिएको थियो।
चिनियाँ कम्युनिस्ट पार्टीको १७ देखि १९औँ केन्द्रीय समितिका राजनीतिक ब्युरोका स्थायी समितिका सदस्यसमेत रहेका ली सन् २०१३ मा चीनको प्रधानमन्त्री बनेका थिए । उनी चिनियाँ क्याबिनेटको स्टेट काउन्सिल प्रमुख थिए।अघिल्लो वर्ष प्रधानमन्त्रीको पदबाट बाहिरिनुअघि उनी चिनियाँ कम्युनिस्ट पार्टीका सबैभन्दा दोस्रो शक्तिशाली व्यक्ति थिए । ली खछियाङ एक अर्थशास्त्रीसमेत थिए । जसले सुरुवाती दिनमा चीनको अर्थव्यवस्था सम्हाल्ने बागडोर दिइएको थियो ।