धनगढी । नेपाल रेडक्रस सोसाइटीले सुदूरपश्चिमका भूकम्प पीडितका लागि दुई सय ५० अस्थायी आवास बनाउन सहयोग गर्ने भएको छ ।
गत असोजको तेस्रो साता सुदूरपश्चिममा आएको भूकम्पले बझाङ र बाजुरामा बढी क्षति पु¥याएको थियो । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तराष्ट्रिय महाङ्घ (आइएफआरसी) आर्थिक सहयोगमा रेडक्रसले बाजुरा र बझाङमा भूकम्प प्रभावितका लागि शौचालयसहितको अस्थायी आवास बनाउन सहयोग गर्न लागेको हो ।
त्यसैगरी ती दुई जिल्लाका छ सय भूकम्प प्रभावित परिवारलाई रु १५ हजारका दरले अत्यावश्यक सामग्री खरिदका लागि रकम वितरण गर्ने रेडक्रसले जनाएको छ ।सुदूरपश्चिममा भूकम्पपछि राहत र पुनःनिर्माणका सक्रियता देखाएको नेपाल रेडक्रसले गत असोजमा बझाङ र बाजुरामा गएको भूकम्पबाट पीडित नागरिकको सहयोग विभिन्न पालिकामा खटिएको हो ।
नेपाल रेडक्रस सुदूरपश्चिम प्रदेश कार्यालयका वरिष्ठ सहायक धनबहादुर जप्रेलले भूकम्पपछि बझाङ र बाजुराका विभिन्न पालिकामा पुगेर स्थानीयलाई त्रिपाल, कम्बल, म्याटलगायतका गैरखाद्य राहत वितरण गरिएको पनि जानकारी दिए ।