काठमाडौं । टी–२० विश्वकप एसिया छनोटको पहिलो खेलमा सिंगापुरले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनायो ।
नेपालका लागि अविनाश बोहरा, गुल्शन झा र सन्दीप लामिछानेले २–२ विकेट लिएका छन् ।