धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले जाजरकोट र रुकुममा भूकम्पमा परी घाईते भएकोहरुको उपचारका लागि एक करोड राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
शनिबार बिहान बसेको मन्त्रीपरिषद्को बैठकले भूकम्प प्रभावितहरूको राहतका लागि एक करोड रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।
यस्तै सरकारले प्रभावित क्षेत्रमा २० जना स्वास्थ्यकर्मीको टोली पठाउने निर्णय पनि गरेको मुख्यमन्त्री कमलबहादुर शाह जानकारी दिए। भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय ३२ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा एक सय ४० जना घाइते भएका छन् ।
नेपाल प्रहरीका अनुसार भूकम्पका कारण जाजरकोटमा ९५ जनाको मृत्यु भएको छ भने ५५ जना घाइते भएका छन् । यस्तै रुकुम पश्चिममा भूकम्पबाट ३७ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन् । गए राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भुकम्प गएको थियो ।