मेरो जन्मभूमि नेपाल र बाह्य अरू विकसित मुलुकहरू मध्ये मानवीय विकास को दृष्टिकोणले हेर्ने हो भने मेरो मुलुक मेरो दृष्टिमा विकास न भएकै ठिक छ । के रहेछ र विदेश । जस्तो देखिएको छ सहर सुनसान उस्तै छ यहाँ मान्छेको खबर र वास्तविक जिन्दगीको भोगाई पनि । अरू देश अमेरिका, अस्ट्रेलिया, क्यानडा, अन्य देशको तुलनामा म जापान र नेपालको कुरा गर्दै छु ।
जापान आउनु पूर्व लाखौँ भगवान् लाई बिन्ती गरेर हजारौँ मन्दिर धाएर आए कति पय मान्छे आउन नपाएर दुखी छन् कोही आएर यहाँ। विदेश यस्तै रहेछ के छ र यहाँ हेर्दा चिल्ला बाटा,अग्ला अग्ला गगन चुम्ने २०/२२ तल्ला का घरहरू , सफा सुकिला लुगा लगाएर हिँडेका मान्छेहरू, हो-हल्ला रहित शान्त वातावरणमा, आधुनिक र सुविधाजनक व्यवस्थाहरू, नयाँ नयाँ प्रविधि र उपकरण को सुविधाहरू , जमिन मुनि देखि आकाश माथि रहेका सूर्य र चन्द्रमा समेत विज्ञान फैलाएका , हरेक नयाँ नयाँ खोज र प्रविधिहरू, विभिन्न ठुला ठुला फ्याक्ट्री हजारौँ विदेशी र स्वदेशी लाई रोजगार सिर्जना , मानिसहरू दैनिकी गुजारा गर्न आवश्यक पर्ने हरेक समानहरू स्वदेशमै उत्पादन र व्यापार, शिक्षित र विवेकशील भएका व्यक्तिहरू, मेरो देश अलि फरक छ । हाम्रो देश नेपाल बाटो हिड्दा हिलो, चक्का जाम , धुवा र धुलो नै धुलो , माक्स न लगाई बाहिर हिँड्न नसक्ने , घुस खोरी, भ्रष्ट्राचारी दुई नम्बरी गर्ने व्यापारी बिचौलिया, देशका ठुला पोस्टमा बस्ने विकासका हितमा कदम नलगाउने व्यक्तित्वहरू,आफ्नो देशमा भएका कलकारखाना आफ्नो स्वार्थ पुरा गर्ने बेचेर खाए पनि, देशमा रोजगारी को अवसर भन्दा नि राम्रो सुविधाजनक कन्सल्टेन्सी र मेनपावरहरु, मेरो देश फरक छ ।
मेरो देशमा आधुनिक प्रविधि र उपकरण नहोला,सबै मानिस शिक्षित र विवेकशील नहोलान्, मेरो देशमा रोजगारी को अवसर नभएर विदेशी नि पर्ने वातावरण होला , मेरो देश विकसित मुलुक नहोला तर म मेरो देशमा रहेको भौतिक भन्दा नि मानवीय दृष्टिले हेर्दा नेपाल र विदेशमा धेरै फरक पाउँछु ।
नेपाल मेरो जन्मभूमि र कर्मभूमि हो । मेरो देशको उत्तरमा सेतो हिउँले ढाकिएको हिमाल छ जसमा अग्ला अग्ला हिमालहरू छन् । मध्यमा हरियो वनको पछ्यौरा ओडेका पहाडहरू छन् भने दक्षिणमा पहेँलो फूलहरू फुलेका फराकिला फाँट छन् । विश्वको सर्वोच्च शिखर सगरमाथा मेरै देशमा छ । विश्व को शान्ति को प्रतीक गौतम बुद्ध जन्मेको देश नेपाल मेरो प्यारो देश संसारकै श्रीपेच बनेर दक्षिण एसियामा मुसुक्क हाँसेर बसेको छ ।
नेपाल जलस्रोतको हिसाबले विश्वकै सबैभन्दा दोस्रो धनी देश हो । नेपालको राष्ट्रिय जनावर गाई, चरा डाँफे, फूल लालीगुराँस, रङ सिम्रिक, पोसाक दौरा–सुरुवाल र गुन्यु चोलो, तरकारी गुन्द्रुक र हतियार खुकुरी हो । नेपालमा धेरै वेशभूषा र भाषा भाषिक भएका मानिस बसेका हुनाले नेपालको संस्कृति र अरू देशको संस्कृतिबिच धेरै भिन्नता छ । नेपालको राजधानी काठमाडौँमा छ । नेपालको सबैभन्दा महान् चाडपर्व दसैँ हो । नेपालमा हिन्दु, बौद्ध, किराँत, इस्लाम आदि धर्मावलम्बीहरू मिलेर बसोबास गर्छन् । यी विभिन्न जातजातिका भाषा, पोसाक, चाडपर्व, पोसाक, खानपान, जात्रा, मेला, नाचगान, रीतिरिवाजले मेरो देश अझै सुन्दर बनेको छ ।
नेपालीहरूमा आफ्नो पन, मानवता ,आत्मीयता, मेलमिलाप छ, एउटा भोको हुँदा अर्कोले सहयोग गर्ने सहयोगी भावना छ, सबै सँग भाइचारा छ। विदेश काम हरेक मान्छे एक्लो छ कसैको साथमा कोही हैन , एउटा सानो घटना, जापानको कोन्बिकिमा सँगै काम गर्दा भेटिएको एक ७९ वर्ष नाघेकी महिला मरी मरी रात दिन भनेर काम गर्छिन् ।
प्रसङ्ग मा सोधेको थिए हजुरको छोरा , छोरी परिवार कता छ । उहाँ ले बताउनु भयो कि उहाँ यो उमेरमा पनि एक्लै बस्नु हुने रहेछ आज कमायो आज खायो भोलि काम गर्न पाएन भने भोलि भौकै बस्नु पर्ने भएको श्रीमान् ले म ४५ हुँदै डिभोर्स दिनु भएको नभएको हैन २ वटा छोरा छन् तर खै कता कता छन् थाहा छैन ठुलो छोरो नदेखेको १९ वर्ष भयो कान्छो छोरो ११ वर्ष भयो नाति नातिना नि छन् रे तर देखेको छैन मैले । म मौन भए यो उमेर मा यो सब के का लागि उहाँ भन्दै हुनु हुन्थ्यो नेपाल मलाई सारै मन पर्छ सायद म नेपालमा जन्मिएको हुन्थे त मेरा नाति नातिना यो उमेरमा म सँगै हुने थिए ।
म केही बोलिन विकसित मुलुकमा मानिसको यो हालत हुन्छ , मर्दा घाट पाइन्छ कि पाइँदैन नि थाहा हुँदैन , बाटोमा हिँड्दा लड्यो भने त्यहाँ उठाउने कोही हुँदैन सबैले न देखेर झैँ गरेर हिड्छन , कोही पनि कोहि नै यहाँ आफ्नो हुँदैन सधैँ र सबै एक्लो हो , विकास मुलुक शिक्षित मानिस को अवस्था यस्तो हुन्छ भने मेरो देश विकास नभएकै ठिक छ ।