काठमाडौँ । भारतले नेपालका भूकम्पपीडितलाई १६ कर रुपैयाँ बराबरको सामग्री सहयोग गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सहयोग प्रतिवद्धता अनुरुप सामग्री नेपालगञ्ज पुगेको काठमाडौँस्थित भारतीय दूतावासले जनाएको छ ।
भारतीय वायुसेनाको विशेष विमान सी-१३० ले ११ टनभन्दा बढी सामग्री लिएर आएको थियो । विमानले त्रिपाल, टारपोलिन सिट, कम्बल, स्लीपिङ्ग ब्याग, पोर्टेबल भेन्टिलेटर, चिकित्सकीय उपकरण र औषधि ल्याएको थियो ।
भारतीय राजदूत श्री नवीन वास्तवले राहत सामग्री कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको उपस्थितिमा उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्ण बहादुर खड्कालाई हस्तान्तरण गरेका थिए ।